काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले गरेको अभिव्यक्ति परराष्ट्रमन्त्री ले सच्याएर नहुने बताएका छन् ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्रीले गरेको गल्ती उनैले संसद्को रोष्टममा आएर सच्याउनुपर्ने बताए ।
“प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर हुँदैन । उहाँको गल्ती आफैले संसद्को रोष्टममा आएर सच्याउनुपर्छ,” सांसद राईले भने ।
उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने कि नहुने प्रश्न अहिलेको मुख्य विषय रहेको बताए ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया