धनगढी। सुदूरपश्चिम प्रदेशसभा मा अहिलेसम्म ३३ जना सांसद मन्त्री भइसकेका छन् ।

प्रदेशसभामा स्पष्ट बहुमत नभएकाले बारम्बार सरकार परिवर्तन हुँदै आएको छ । यसले गर्दा धेरै सांसदहरूलाई मन्त्री बन्ने अवसर मिलेको छ ।

advertisement

प्रदेशसभा ५३ सदस्यीयबाट घटेर ५२ सदस्यीय भएको छ । डडेल्धुराबाट निर्वाचित स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

नेकपा एमालेका पूर्वमुख्यमन्त्री दीर्घ सोडारी निलम्बनमा छन् ।

हाल प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । सरकारको नेतृत्व कांग्रेसका कमलबहादुर शाहले गरिरहेका छन् ।

कांग्रेसबाट १३ जना मन्त्री

नेपाली कांग्रेसका १८ सांसदमध्ये १३ जनाले मन्त्री पद पाइसकेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहसहित बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा, मेघराज खड्का, शिवराज भट्ट, विक्रमसिंह धामी, मानबहादुर रावल, बेलबहादुर राना मगरलगायतले मन्त्री बन्ने अवसर पाएका छन् ।

एमालेबाट ६ जना मन्त्री

एमालेका ११ सांसदमध्ये ६ जनाले मन्त्री पद सम्हालिसकेका छन् । हाल सुरेन्द्रबहादुर पाल, हिरासिंह सार्की, बिरबहादुर थापा मन्त्री छन् भने निर्मलादेवी साउँद राज्यमन्त्री छिन् ।

राप्रपा बाहेक सबै दल सरकारमा सहभागी भइसकेको अवस्था छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com