काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसकै प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको अवस्था देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा समेत मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
विभागले वर्षा तथा चट्याङको सम्भावना रहेका क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। :::
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया