काठमाडौं। गृहमन्त्री सुधन गुरुङ ले माइतीघर मण्डलामा धर्ना दिइरहेका विभिन्न पीडित पक्षहरूसँग भेटघाट गर्दै उनीहरूका माग सम्बोधन गर्ने आश्वासन दिएका छन्।
विभिन्न माग राखी लामो समयदेखि आन्दोलनरत र धर्नामा बसेका पीडितहरूको गुनासो सुन्न गृहमन्त्री स्वयं माइतीघर पुगेका हुन्। भेटका क्रममा उनले पीडितहरूका समस्यालाई राज्यले गम्भीरतापूर्वक लिएको बताउँदै न्यायका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाए।
गृहमन्त्री गुरुङले पीडितहरूको धैर्यताको प्रशंसा गर्दै समस्याको उचित समाधान खोजिने बताए। उनले भने, “तपाईंहरूको धैर्यताको उच्च कदर गर्छु। राज्य तपाईंहरूको साथमा छ, अब समस्याको उचित समाधान खोजिनेछ।”
पीडितहरूले भने लामो समयदेखि आफ्ना मागको सुनुवाइ नभएको गुनासो राख्दै शीघ्र समाधानको माग गरेका थिए।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया