एजेन्सी । भारतको आसाम राज्यस्थित जोरहाटमा भारतीय वायुसेनाको एएन–३२ सैन्य यातायात विमान शनिबार दुर्घटनाग्रस्त भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार जोरहाटको रौरिया वायुसेना अड्डामा अवतरण गर्ने क्रममा विमान अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनापछि विमानमा भीषण आगलागी भएको तथा विमान दुई भागमा विभाजित भएको बताइएको छ।
एएन–३२ विमान मुख्य रूपमा सैनिक तथा सैन्य सामग्री ढुवानीका लागि प्रयोग गरिन्छ। प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा चालक दलका सदस्यहरू प्रभावित भएको आशंका गरिएको छ। पाइलटको मृत्यु भएको हुनसक्ने अनुमान गरिए पनि त्यसबारे भारतीय वायुसेनाले औपचारिक पुष्टि गरेको छैन।
भारतीय वायुसेनाले दुर्घटनाको पुष्टि गर्दै घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ। साथै दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको र थप जानकारी क्रमशः सार्वजनिक गरिने बताइएको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया