काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई प्रदान गरेको छ।

यसअघि उक्त जिम्मेवारी सम्हाल्दै आएका डीआईजी विष्णुप्रसाद भट्टको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएपछि कार्कीलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी तोकिएको हो।

advertisement

सशस्त्र प्रहरी बलका अनुसार संगठनका गतिविधि, नीति तथा निर्णयसम्बन्धी आधिकारिक सूचना प्रवाह गर्ने जिम्मेवारी अबदेखि डीआईजी कार्कीले निर्वाह गर्नेछन्।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com