काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुलापत्र लेख्दै प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।
राईले शनिबार सार्वजनिक गरेको खुलापत्रमा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले दिएको ‘नेपालले पनि भारतको सीमा विभिन्न स्थानमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति रास्वपाको स्पष्ट धारणा माग गरेका हुन्।
खुलापत्रमा उनले २०८३ जेठ १७ गते बसेको प्रतिनिधिसभा बैठकको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा व्यक्त गरेको उक्त भनाइबारे रास्वपाले आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताएका छन्।
राईले पत्रमा लेखेका छन्, ‘प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीबाट व्यक्त ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्तिसम्बन्धी तपाईंको पार्टीको आधिकारिक धारणा के हो ? उक्त विषयमा स्पष्ट धारणा सार्वजनिक गरिदिन यो खुलापत्रमार्फत अनुरोध गर्दछु।’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा बहस भइरहेको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया