काठमाडौं । ललितपुरमा प्रहरीले गुडिरहेको कारको टायरमा गोली प्रहार गरी ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गर्नुका साथै तीन जना तस्कर हरूलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले दुई जना भारतीय नागरिक र एक जना नेपालीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

advertisement

पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ नगरपालिका-३ घर भएका ३५ वर्षीय जितेन्द्र पासवान, भारतका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम रहेका छन् ।

बाराको सिम्रौनगढबाट काठमाडौं उपत्यकातर्फ आउँदै गरेको बागमती प्रदेश बीएडी ९२०१ नम्बरको रातो रङको कारमा ठूलो परिमाणमा ट्रामाडोल ल्याइँदै थियो ।

प्रहरीले कारको पिछा गर्दै ललितपुर पुगेपछि रोक्न खोजेको थियो । तर तस्करहरूले भाग्न खोजेपछि प्रहरीले कारको दायाँ टायरमा एक राउन्ड गोली प्रहार गरेको थियो ।

टायर पञ्चर भएपछि कार रोकिएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।

कारभित्र खानतलासी गर्दा २० हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ । यसका साथै ५ थान मोबाइल समेत बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com