काठमाडौं । पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा सम्पन्न भएको छ। शाहीकालीन सरकारका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
गत शुक्रबार ललितपुरमा निधन भएका थापा २००२ अक्टोबरदेखि २००३ अप्रिलसम्म गृह मन्त्रालयको जिम्मेवारीमा रहेका थिए। उनी यसअघि अञ्चलाधीश र गृहसचिव समेत भइसकेका थिए। लामो प्रशासनिक सेवामा उनी अनुभवी प्रशासकका रूपमा परिचित थिए।
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया