काठमाडौं । राहदानी छपाइ अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक गोकर्णमणि केसीलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सोमबारदेखि लागू हुने गरी चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा अख्तियारले म्याद थपको माग गर्दै अदालतमा निवेदन दिएको थियो। यस प्रकरणमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई तथा ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको बताइएको छ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार











प्रतिक्रिया