काठमाडौं । चन्द्रागिरीस्थित यातायात व्यवस्था कार्यालय, गुर्जुधाराबाट ६ जना बिचौलिया पक्राउ परेका छन्। सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिई सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याएको आरोपमा प्रहरीले उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा रञ्जीत महर्जन, दोर्जे लामा, आशिष श्रेष्ठ, केदार श्रेष्ठ, डाक्सन गुरुङ र सविन तामाङ रहेका छन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार











प्रतिक्रिया