काठमाडौं । पोखराको फेवातालमा अचानक आएको हावाहुरी र छालका कारण दुई वटा सर्फेस बोट पल्टिँदा दुई जना भारतीय नागरिक डुबेका थिए। सशस्त्र प्रहरीको टोलीले तत्कालै उद्धार गरी उनीहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ।
उद्धार गरिएकामा भारतका ४० वर्षीय धीरज कोरवाल र ३५ वर्षीय विकास कोरवाल रहेका छन्। उनीहरू पोखरा घुम्न आएका पर्यटक हुन्।
सशस्त्र प्रहरी बल नम्बर २४ गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले समयमै उद्धार गर्दा ठूलो दुर्घटना हुनबाट जोगिएको हो।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार











प्रतिक्रिया