काठमाडौं। बाजुरा जिल्लाको मार्तडी–कोल्टीस्थित बडिमालिका नगरपालिका–७ मा विद्यालयबाट घर फर्कने क्रममा एक विद्यार्थीलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा गम्भीर घाइते भएका छन्।
स्थानीय विद्यालयको कक्षा ६ मा अध्ययनरत दिलिप विकलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा गम्भीर घाइते भएका हुन्।
घटनापछि ठक्कर दिने सवारी साधन तथा चालक फरार रहेको र हालसम्म उनीहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया