काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो ।
मङ्गलबार २ लाख ९८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे छापावाल सुनकाे मुल्य बुधबार प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको चार हजार ९९० रुपैयाँ थियो ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया