काठमाडौं । राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल तथा राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्।

advertisement

आयोगले उनीहरूमाथि थप अनुसन्धान गर्न विशेष अदालतबाट तीन दिनको म्याद प्राप्त गरेको जनाएको छ। अनुसन्धानको दायरा विस्तार गर्दै अख्तियारले यसअघि पनि राहदानी विभागसँग सम्बन्धित उच्च पदस्थ अधिकारीहरूलाई नियन्त्रणमा लिएको थियो।

यसअघि असार १ गते साँझ आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई पक्राउ गरेको थियो। उनीहरूमाथि राहदानी छपाइ तथा खरिद प्रक्रियासँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको बताइएको छ।

स्रोतका अनुसार महानिर्देशक अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर प्रारम्भिक सोधपुछ गरिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि उनलाई अख्तियारको जिम्मा लगाइएको थियो।

राहदानी छपाइसम्बन्धी ठेक्का तथा खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले विस्तृत अनुसन्धान अघि बढाइरहेको छ। आयोगले यस प्रकरणमा संलग्न हुन सक्ने अन्य व्यक्ति तथा निकायबारे समेत अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com