काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण तथा श्रमिकका गुनासा सम्बोधन गर्न वैदेशिक रोजगार विभागले सक्रियता बढाएको छ। विभागले सार्वजनिक गरेको असार ३ गतेको विवरणअनुसार एकै दिन २९ वटा नयाँ जाहेरी दर्ता भएका छन् भने ९ जना पक्राउ परेका छन्।

विभागका अनुसार ठगीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने अभियानलाई तीव्रता दिइएको छ। सोही क्रममा २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ। साथै ९ वटा मुद्दामा आपसी मिलापत्र गराइएको छ भने बैंक, अभियोगपत्र र रायपत्र सम्बन्धी गरी ६८ वटा पत्राचार गरिएको छ।

advertisement

संस्था अनुगमन शाखाले म्यानपावर कम्पनीहरूलाई पाँच वटा पत्र पठाएको छ भने १६ वटा राहदानी वितरण गरेको जनाएको छ। राहत, उद्धार तथा समन्वय शाखाले ६ जनाको उद्धार गर्नुका साथै २ जनालाई क्षतिपूर्ति उपलब्ध गराएको छ। यस अवधिमा १० नयाँ उजुरी दर्ता, १३ द्विपक्षीय छलफल तथा १५ वटा परामर्श सेवा प्रदान गरिएको विभागले जनाएको छ।

त्यसैगरी, ‘हेलो सरकार’ मार्फत प्राप्त ११ गुनासोमध्ये ९ वटाको समाधान गरिएको छ। विभागको कल सेन्टरमा आएका ४७ गुनासोमध्ये २९ वटाको समाधान भइसकेको छ भने बाँकी प्रक्रियामा रहेका छन्। विभागले राहत तथा उद्धारसम्बन्धी गुनासोहरूलाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्न नयाँ कार्यविधिको सुझावसमेत दिएको जनाएको छ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com