काठमाडौं । सर्लाहीको झिम पुल नजिकै प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामनगर गाउँपालिका–३ का गुडु कुमार यादव र रामनगर–१ का २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्। उनीहरू भारतबाट नेपालतर्फ मोटरसाइकलमार्फत रकम ल्याइरहेका बेला नियन्त्रणमा लिइएका हुन्।
बरामद गरिएको रकमको स्रोत खुल्न नसकेपछि उनीहरूलाई हुण्डी सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीले उक्त रकम अवैध वित्तीय कारोबारसँग सम्बन्धित हुन सक्ने आशङ्कामा अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












प्रतिक्रिया