काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएको जानकारी समयमै नदिएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहलाई पदबाट हटाइएको छ।
कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गीता चौधरीको निर्देशनपछि साहमाथि छानबिन सुरु गरिएको हो। संक्रमणको कारण र सूचना लुकाइएको विषयमा अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।
चिडियाखानामा करिब १० दिनदेखि पन्छी तथा केही जनावर मरेका थिए। परीक्षणका क्रममा बकुल्ला, लाटोकोसेरो, गिद्ध, नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लु संक्रमण पुष्टि भएको थियो। साहलाई केन्द्रीय कार्यालयमा तानिएको छ भने निमित्त प्रमुखको जिम्मेवारी बाबुलाल तिरुवालाई दिइएको छ।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार












प्रतिक्रिया