काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन ललितपुरस्थित च्यासल पुगेका छन्।

एमाले संसदीय दलको बैठक केहीबेरमा सुरु हुने तयारी रहेको छ। बैठकका लागि अध्यक्ष ओली पार्टी केन्द्रीय कार्यालय पुगिसकेको जानकारी कार्यालय सचिव डा. भीष्म अधिकारीले दिएका छन्।

advertisement

पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेले मंगलबार संसदीय दल र सचिवालय बैठक बोलाएको हो।

च्यासलमा बस्ने संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कदम तथा पौडेल पक्राउ प्रकरणका विषयमा धारणा तय गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, साँझ अध्यक्ष ओलीको निवासमा सचिवालय बैठक पनि बस्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। दुवै बैठकलाई पार्टीका लागि महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com