काठमाडौँ।  उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनका युवकराज पराजुली, दोलखाका टङ्कबहादुर खड्का र सुनसरीका मनिष पोदार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले न्यूजील्यान्ड, लिथुआनिया र बेलायत पठाइदिने भन्दै क्रमशः १६ लाख ६५ हजार, ५ लाख र २ लाख रुपैयाँ लिएर पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएका थिए। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

advertisement

यसैबीच, बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। अदालतको फैसला अनुसार कैद र जरिवाना तोकिएपछि फरार रहेका उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com