काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए।

advertisement

उनका अनुसार अहिले केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भइरहेको छ। आज राति १२ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ। चार हजार ५०० भन्दा बढी मतदातालाई मतदान गर्न आठ घण्टा लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com