काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनमा जारी बन्दसत्रसँगै नेतृत्व चयनको प्रतिस्पर्धा पनि तीव्र बनेको छ। यसक्रममा जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै आकांक्षा पोखरेलले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग भेटघाट र छलफललाई तीव्र बनाएकी आकांक्षाले युवा पुस्ताको सोच, ऊर्जा र आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्। उनले पार्टीभित्र युवाको सार्थक सहभागिता बढाउन तथा महिलाको नेतृत्वलाई थप सशक्त बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेकी छन्।

advertisement

आकांक्षा हाल भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री प्रतिभा रावल को सचिवालयमा कार्यरत छिन्। मन्त्री रावललाई वर्तमान सरकारका प्रभावकारी मन्त्रीमध्ये एक मानिए पनि उनका कामको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको भन्दै आकांक्षाले सचिवालयबाट त्यो भूमिका निर्वाह गर्दै आएकी छन् ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com