काठमाडौं । प्रतिनिधिसभाको बिहीबारका लागि तय गरिएको बैठक स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बैठक विशेष कारणवश स्थगित गरिएको जनाएको हो।
यसअघि बिहीबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक बोलाइएको थियो। तर निर्धारित समयमा बैठक सञ्चालन गर्न नसकिने भएपछि सचिवालयले बैठक स्थगनको सूचना प्रकाशित गरेको हो।
संसद् सचिवालयका अनुसार अब प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठक स्थगनको जानकारी दिँदै अर्को बैठकको समयसमेत तोकिएको छ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












प्रतिक्रिया