काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको छ।
पौडेलकी पत्नी निवेदक रहेको उक्त रिटमा उनलाई पर्याप्त आधार र प्रमाणबिनै राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहा गर्न अदालतसँग माग गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीच भएको शेयर कारोबारमा चिनजान गराइदिएको भन्ने बयानका आधारमा पौडेललाई नियन्त्रणमा लिएको थियो। विभागको अनुरोधमा अदालतले मंगलबार उनीमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ।
पौडेललाई सोमबार सुर्खेतमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला नियन्त्रणमा लिइएको थियो। त्यसपछि उनलाई काठमाडौं ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
उक्त प्रकरणमा पौडेलको पक्राउ र अनुसन्धान प्रक्रियालाई लिएर राजनीतिक तथा कानुनी वृत्तमा बहस जारी रहेको छ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












प्रतिक्रिया