काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारहरूको प्रारम्भिक नामावलीमा उक्त संख्या उल्लेख गरिएको हो।
रास्वपाको केन्द्रीय समितिमा ९९ सदस्य चयन हुने व्यवस्था रहेकाले उम्मेदवारको संख्या पदभन्दा निकै बढी भएको छ। यससँगै केन्द्रीय सदस्य चयनका लागि निर्वाचनमार्फत प्रतिस्पर्धा गराउने तयारी पार्टीले गरेको छ।
निर्वाचन आयोगका अनुसार प्रारम्भिक सूची सार्वजनिक भएसँगै दाबी–विरोधलगायतका प्रक्रिया अघि बढाइनेछ। त्यसपछि अन्तिम उम्मेदवार नामावली प्रकाशन गरी मतदान कार्यक्रम सञ्चालन गरिनेछ।
पार्टीको प्रथम महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा ठूलो संख्यामा आकांक्षीहरू मैदानमा उत्रिएपछि प्रतिस्पर्धा रोचक बनेको छ। निर्वाचनबाट ३८४ उम्मेदवारमध्ये ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
(सूचीसहित)
प्रकाशित मिति: १० असार २०८३, बुधबार












प्रतिक्रिया