काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले पार्टीभित्र कुनै गुट–उपगुट नरहेको बताएका छन्। चितवनमा जारी महाधिवेशनका क्रममा पत्रकारसँग कुरा गर्दै उनले सभापति रवि लामिछानेको प्रस्तावक स्वयं प्रधानमन्त्री वालेन्द्र शाह बनेपछि गुटबन्दीको चर्चा अन्त्य भएको दाबी गरे।
संविधान संशोधन कार्यदलका संयोजकसमेत रहेका शाहले संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा अघि बढाइने बताए। विभिन्न दलका धारणा समेटेर सय दिनभित्र संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गरिने उनको भनाइ छ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












प्रतिक्रिया