काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरूमाथि अपराधीजस्तो व्यवहार र धरपकडको प्रवृत्ति बढे देश अन्तरद्वन्द्वतर्फ जान सक्ने चेतावनी दिएका छन्। उनले सरकारले कानुनी प्रक्रिया र विधिको शासनलाई पालना गर्दै मात्रै कदम चाल्नुपर्ने बताएका छन्।
खनालले संविधान संशोधन हचुवाका भरमा अघि बढाउन नहुने भन्दै कार्यान्वयनको समीक्षा गरेपछि मात्र संशोधन प्रक्रिया सुरु गर्नुपर्ने बताए। साथै, सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई उनले “अहिलेसम्मकै सबैभन्दा कच्चा” टिप्पणीको संज्ञा दिएका छन्।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












प्रतिक्रिया