काठमाडौं । इलामको सूर्योदय नगरपालिकामा रहेका ५३ वटा चिया उद्योग भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण बन्द भएपछि तीन बुँदे सहमतिपछि पुनः सञ्चालनमा आउने भएका छन्। सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच भएको छलफलबाट उद्योग सञ्चालन गर्ने सहमति जुटेको हो।

सहमतिअनुसार निर्यात सहज नहुन्जेल गोदाममा थन्किएको करिब १० लाख किलो चिया भण्डारणको व्यवस्था नगरपालिकाले गर्ने, किसानको भुक्तानी केही समयका लागि स्थगित गरिने तथा चियाको गुणस्तर सुधारका लागि विषादी प्रयोग नियन्त्रण गर्दै सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। भारतले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यात प्रभावित भएको थियो, जसले उद्योग र किसान दुवैलाई असर पुर्‍याएको छ।

advertisement

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com