काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समिति निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का ९ जना मन्त्रीले उम्मेदवारी दिएका छन्। प्रारम्भिक उम्मेदवार सूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, कानुनमन्त्री सोविता गौतम, महिला तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, कृषिमन्त्री गीता चौधरी तथा युवा तथा रोजगारमन्त्री रामजी यादव प्रतिस्पर्धामा उत्रिएका छन्।

चितवनको भरतपुरमा जारी महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्दैछ। प्रारम्भिक सूचीअनुसार केन्द्रीय समितिका विभिन्न पद र क्लस्टरतर्फ कुल ३८४ जनाले उम्मेदवारी दिएका छन्।

advertisement

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com