काठमाडौं । नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच हजार २००रुपैयाँले घटेर दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।
बुधबार सुनको मुल्य दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो।
चाँदीको मूल्य पनि तोलामा २५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












प्रतिक्रिया