नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–४ नहरखजुरास्थित हुलाकी सडकखण्डमा ईभी हायस र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार नेपालगन्जबाट बर्दियातर्फ जाँदै गरेको भे १ ज १७९९ नम्बरको ईभी हायस र सोही दिशामा गुडिरहेको भे ११ प ५०४३ नम्बरको मोटरसाइकल सडक पार गर्ने क्रममा आपसमा ठोक्किएका हुन्।

advertisement

दुर्घटनापछि हायस अनियन्त्रित भएको थियो। उक्त सवारीसाधनमा चालकसहित १५ जना सवार रहेका थिए।

दुर्घटनामा घाइते भएका सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेजमा पठाइएको छ।

प्रहरीले मोटरसाइकल चालक खजुरा गाउँपालिका–७ निवासी १८ वर्षीय चाँद बाबु साईलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा रहेको छ।

दुर्घटनाग्रस्त हायस भने घटनास्थलमै रहे पनि हुलाकी सडकखण्डमा सवारी आवागमन दुवैतर्फबाट नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com