काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ। प्रारम्भमा प्रदेशगत कोटाअन्तर्गतका केन्द्रीय सदस्यहरूको नतिजा घोषणा गरिएको हो।
सार्वजनिक नतिजाअनुसार कोशी प्रदेशतर्फ निशा मेहता सर्वाधिक १८६१ मतसहित अग्रस्थानमा रहेकी छन्। उनी साविक केन्द्रीय सदस्य तथा वर्तमान स्वास्थ्यमन्त्री हुन्। यस्तै विश्वराज पोखरेलले १४६० मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् भने शोभा कार्कीले १२०४ मत प्राप्त गरेकी छन्।
कोशी प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि २० जनाबीच प्रतिस्पर्धा भएको थियो।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया