काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ८०० रुपैयाँ बढेर दुई लाख ७९ हजार १०० रुपैयाँ कायम भएकाे छ ।
बिहीबार तोलामा दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा चार हजार १८० रुपैयाँ कायम भएकाे छ ।
बिहीबार चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया