काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले व्यक्तिगत आकांक्षाभन्दा पार्टीको हितलाई प्राथमिकतामा राख्दै महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेका बुर्लाकोटीले पार्टीभित्र अनावश्यक प्रतिस्पर्धाभन्दा एकता र सहमतिलाई बलियो बनाउनु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरेका छन्।

advertisement

उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै निरन्तरको संघर्ष र मेहनतबाट निर्माण भएको पार्टीमा एउटा जिम्मेवारीका लागि ठूलो संख्यामा उम्मेदवारबीच प्रतिस्पर्धा हुनु संगठनको दीर्घकालीन हितमा नहुने उल्लेख गरेका छन्।

‘यो निर्णय व्यक्तिगत व्यवस्थापन वा राजनीतिक भविष्यका लागि होइन,’ उनले भनेका छन्, ‘राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने बेला हामी आफैं विभाजित र कमजोर हुने दिशातर्फ जानु हुँदैन।’

बुर्लाकोटीले आफू रास्वपाको संस्थापक सदस्यका रूपमा करिब दुई वर्ष सहमहामन्त्री, एक वर्ष कार्यवाहक महामन्त्री र एक वर्ष महामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएको स्मरण गर्दै आगामी दिनमा पनि पार्टी सभापतिको नेतृत्वमा निर्वाचित हुने केन्द्रीय समितिसँग मिलेर संगठन निर्माण र दीर्घकालीन योजनाको कार्यान्वयनमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com