काठमाडौं। इरानले आफ्ना तटीय क्षेत्रमा भएको अमेरिकी हवाई आक्रमणको प्रतिकारस्वरूप अमेरिकी सैन्य अखडालाई लक्षित गरी जवाफी हमला गरेको जनाएको छ। इरानको सरकारी समाचार संस्था इरना का अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोरले उक्त कारबाही गरेको हो।

यसबीच, इरानको इस्लामिक परामर्शदात्री सभाका सदस्य इब्राहिम अजिजीले अमेरिका युद्धविरामप्रति इमानदार नभएको आरोप लगाएका छन्। उनले दोषारोपणको राजनीति अब स्वीकार्य नहुने स्पष्ट पारे।

advertisement

सामाजिक सञ्जालमार्फत उनले वार्ताको प्रक्रिया जारी रहेका बेला अमेरिकाले पुनः आक्रमण गरेको उल्लेख गर्दै अमेरिकी नेतृत्व वार्ता वा युद्धविरामका सिद्धान्तप्रति प्रतिबद्ध नरहेको बताएका छन्।

उता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग सम्झौता कार्यान्वयनबारे मतभेद भए संवादमार्फत समाधान खोज्न सकिने बताएका छन्। उनले युद्धविराम सम्झौताप्रति सम्मान व्यक्त गर्दै असहमति भए प्रत्यक्ष संवाद गर्नुपर्ने धारणा राखे। साथै, हिंसाको जवाफ कडा रूपमा दिइने चेतावनी पनि दिए।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल र लेबनानबीच भएको त्रिपक्षीय रूपरेखा सम्झौताबारे टिप्पणी गर्दै शान्ति, समृद्धि र सहअस्तित्वतर्फ महत्त्वपूर्ण कदम चालिएको बताएका थिए। उनले अझै धेरै काम बाँकी रहेको पनि उल्लेख गरे।

इरानी सेना र रिभोलुसनरी गार्डबीच समन्वय गर्ने खातम अल–अन्बिया केन्द्रीय कमान्डका सैन्य प्रवक्ता इब्राहिम अल–फिकारले अमेरिकी आक्रमणको कडा र निर्णायक जवाफ दिइने बताएका छन्।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com