काठमाडौं। चालु आर्थिक वर्ष समाप्त हुन १९ दिन बाँकी रहँदा सरकारले राजस्व सङ्कलन मा लक्ष्यको ७५ दशमलव १७ प्रतिशत प्रगति हासिल गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म कुल ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो।

advertisement

लक्ष्य पूरा गर्न बाँकी १९ दिनमा थप ३ खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ सङ्कलन गर्नुपर्नेछ। यसका लागि दैनिक औसत १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी राजस्व उठाउनुपर्ने देखिएको छ।

कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १० खर्ब १० अर्ब १६ करोड ३ लाख रुपैयाँ उठेको छ, जुन लक्ष्यको ७६ दशमलव २० प्रतिशत हो।

गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म १ खर्ब २ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ प्राप्त भएको छ।

अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य भए पनि हालसम्म २४ अर्ब ११ करोड १२ लाख रुपैयाँ मात्र प्राप्त भएको छ, जुन लक्ष्यको ४५ दशमलव ११ प्रतिशत हो।

अन्य प्राप्ति शीर्षकमा ६ अर्ब ५० करोड ५३ लाख रुपैयाँ सङ्कलन भएसँगै सरकारको कुल प्राप्ति ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको ७४ दशमलव ५४ प्रतिशत हो।

उता, कुल सरकारी खर्च १४ खर्ब ४ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जुन कुल लक्ष्यको ७१ दशमलव ५३ प्रतिशत हो। शुक्रबार मात्रै ५ अर्ब ३६ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ।

चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको लक्ष्य रहेकामा ९ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख रुपैयाँ खर्च भइसकेको छ, जुन ८० दशमलव ४२ प्रतिशत हो।

पूँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा हालसम्म १ खर्ब ४२ अर्ब २३ करोड ६८ लाख रुपैयाँ मात्र खर्च भएको छ। यो लक्ष्यको ३४ दशमलव ८७ प्रतिशत हो।

वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँको लक्ष्य रहेकामा ३ खर्ब १२ अर्ब ९९ करोड २३ लाख रुपैयाँ खर्च भएको छ, जुन ८३ दशमलव ४१ प्रतिशत बराबर हो।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com