काठमाडौं। धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामा निवासी १८ वर्षीय सुधिर मुखिया रहेका छन्।
प्रहरीले जाँचका क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको एक थान पेस्तोल, उक्त पेस्तोलको एक थान गोली राख्ने भाग तथा पाँच राउन्ड गोली बरामद गरेको जनाएको छ।
बरामद गोलीमध्ये ९ मिलिमिटरको एक राउन्ड र ७ दशमलव ६५ मिलिमिटरका चार राउन्ड रहेका छन्।
दुवै जनालाई हातहतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार













प्रतिक्रिया