धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछी राष्ट्रिय दलित आयोगले हर्क साम्पाङलाई आफ्नो अभिब्यक्ती सच्याउन आग्रह गरेपनि नसच्याएको भन्दै दलित आयोगले हर्क साम्पाङलाई कार्वाही गर्न माग गरेको छ ।

त्यसपस्चात हर्क साम्पाङले पनि ‘मलाई नहुने आरोप लगाउने दलित आयोगलाई कारवाही गर्न म पनि माग गर्दछु’ भन्दै उनले दलित आयोगलाई कार्वाही गर्नुपर्ने माग राखेका छन्।

उनले भनेका छन्, ‘मलाई नहुने आरोप लगाउने दलित आयोगलाई कारवाही गर्न म पनि माग गर्दछु ! सम्पूर्ण नेपाली समाजको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित मिति: १ पुस २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com