काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिएको दाबी गर्दै जेन–जी आन्दोलनपछि राजसंस्था पुनःस्थापनाको प्रयास भएको बताएका छन्।
पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ का घटनालाई प्रतिक्रान्तिकारी परिघटनाको संज्ञा दिँदै त्यसपछि देशभर ठूलो दुर्घटना हुन सक्ने त्रास फैलिएको बताए। उनले भदौ २४ देखि २६ भित्र अर्को ठूलो घटना हुने चर्चा चलेको स्मरण गर्दै भने, “नारायणहिटी सफा हुँदै छ, अब केही घण्टापछि अर्कै युगमा प्रवेश हुँदै छ भन्ने कुरा सुनिन्थ्यो। पछि बुझ्दा नारायणहिटी सफा गर्न त लगाएकै रहेछन्।”
प्रचण्डले त्यसबेला राष्ट्रपति, प्रधान सेनापतिलगायतसँग भएको छलफल तथा समग्र परिस्थितिको मूल्याङ्कनपछि निर्वाचनमा जाने निर्णय गरिएको उल्लेख गर्दै उक्त निर्णयले देशलाई सम्भावित ठूलो दुर्घटनाबाट जोगाएको दाबी गरे।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












प्रतिक्रिया