काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक आज (बिहीबार) बस्ने भएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।
बैठकमा समसामयिक सरकारी विषय, नीतिगत निर्णय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको भए पनि औपचारिक कार्यसूची (एजेन्डा) भने सार्वजनिक गरिएको छैन।
बैठकबाट विभिन्न प्रशासनिक तथा नीतिगत निर्णय हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार













प्रतिक्रिया