काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष (लाइभ) प्रसारण प्रभावित भएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार बिहानदेखि नै इन्टरनेटमा समस्या देखिएकाले बैठकको लाइभ स्ट्रीमिङ सञ्चालन हुन नसकेको हो।

उनले प्राविधिक समस्या समाधानका लागि सम्बन्धित टोली निरन्तर खटिएको जानकारी दिँदै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउनेबित्तिकै बैठकको प्रत्यक्ष प्रसारण सुरु गरिने बताए।

संसद् सचिवालयका अनुसार प्राविधिकहरूले समस्या समाधानका लागि आवश्यक काम तीव्र रूपमा अघि बढाइरहेका छन्।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com