काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा ४२ वर्षीय भारतीय नागरिक संजय कुमार पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले आकर्षक तलबको प्रलोभन देखाएर एक पीडितबाट उक्त रकम असुलेका थिए। रकम लिएपछि सम्पर्कविहीन बनेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
भारतको बिहार राज्य, गोपालगञ्ज स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१८ मा बस्दै आएका कुमारलाई असार १७ गते काठमाडौँ महानगरपालिका–१६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












प्रतिक्रिया