काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४२ जना सवारी चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५६, नियमविपरीत राइड सेयरिङ गर्ने १२१, ट्राफिक बत्ती उल्लंघन गर्ने ८७ र तीव्र गतिमा सवारी चलाउने १७३ जनामाथि कारबाही गरिएको हो।
यस्तै, लेन अनुशासन उल्लंघन गर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा पार्किङ गर्ने ८५, एकतर्फी सडकमा सवारी चलाउने ५६ तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २४९ जना पनि कारबाहीमा परेका प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया