काठमाडौं । संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो।

प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकको मुख्य एजेन्डा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने विषय रहनेछ।

उनले परिषद्का सदस्यहरूलाई बैठकको जानकारी गराइसकिएको र संवैधानिक निकायका रिक्त पदपूर्तिसम्बन्धी विषयमा छलफल हुने जानकारी प्राप्त भएको बताए।

लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका पदहरूमा नियुक्तिको विषय चासोको केन्द्रमा रहँदै आएको छ। शुक्रबारको बैठकले यस सम्बन्धमा आवश्यक निर्णय प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com