काठमाडौं । वैदेशिक रोजगारीका नाममा श्रमिकलाई ठगी गर्ने र कानुन उल्लङ्घन गर्ने व्यक्तिमाथि सरकारले कारबाही तीव्र बनाएको छ। वैदेशिक रोजगार विभागका अनुसार असार १९ गते मात्रै ठगीसम्बन्धी २५ वटा नयाँ मुद्दा दर्ता गरिएका छन्। साथै, ८ जना अभियुक्त पक्राउ परेका छन् भने फरार रहेका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
विभागले म्यानपावर कम्पनीमाथिको निगरानी पनि कडा बनाएको जनाएको छ। तीन वटा म्यानपावर कम्पनीलाई सचेत गराइएको छ भने ४७ वटा म्यानपावर कम्पनी र ७ वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थाको नवीकरण गरिएको छ। त्यस्तै, समस्यामा परेका दुई जना श्रमिकको उद्धार, पाँच वटा उजुरीको फर्छ्यौट, एक जनालाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै हेलो सरकार र कल सेन्टरमार्फत प्राप्त अधिकांश गुनासोको समाधान गरिएको विभागले जनाएको छ। श्रमिक ठगीमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने सरकारको प्रतिबद्धता छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार











प्रतिक्रिया