काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिनको कार्यकालमा १ हजार ५ सय राजनीतिक नियुक्ति खारेज गरेको जनाएको छ।

शनिबार सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शासकीय सुधारअन्तर्गत राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय कार्यान्वयन गरिएको जानकारी दिए।

उनका अनुसार यस अवधिमा ‘हेल्लो सरकार’मार्फत १० हजार ९३२ वटा गुनासा प्राप्त भएका छन्। तीमध्ये ८७७ वटा गुनासाको समाधान भइसकेको छ भने ३ हजार २८६ वटा गुनासा समाधानको प्रक्रियामा रहेका छन्।

प्रवक्ता पोखरेलले बाँकी गुनासामाथि पनि सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको बताउँदै प्राप्त गुनासा र तिनको सम्बोधनबारे सरकारले विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिए।

सरकारले सय दिने अवधिमा शासकीय सुधार, सेवा प्रवाहको प्रभावकारिता र नागरिक गुनासो व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेको छ।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com