काठमाडौं । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय एक वृद्ध पक्राउ परेका छन्।
जिल्लाको धौलागिरी गाउँपालिका–७ धारापानी निवासी ईन्द्रबहादुर परियारलाई सोही स्थानकी १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरीका अनुसार परियारले मोबाइल दिने बहानामा बालिकालाई फकाएर आफ्नै घरमा लगेर जबर्जस्ती करणी गरेको भन्दै पीडित पक्षले जाहेरी दिएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले आरोपितविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: २० असार २०८३, शनिबार











प्रतिक्रिया