काठमाडौं ।सरकारले आफ्नो पहिलो १०० दिनमा अपराध नियन्त्रण र नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै उल्लेखनीय कारबाही गरेको दाबी गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको १०० दिने प्रगति प्रतिवेदनअनुसार विभिन्न सरकार निकायमा अवैध चलखेल र बिचौलियाको भूमिकामा संलग्न ४९५ जनालाई नियन्त्रणमा लिइएको छ। तीमध्ये १७० जनाविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
त्यसैगरी, लुटपाट, तोडफोड तथा नागरिकको सम्पत्तिविरुद्धका अपराधमा संलग्न १३ हजार ६ सय ९६ जनालाई पक्राउ गरिएको प्रतिवेदनमा उल्लेख छ। पक्राउ परेकामध्ये ६ हजार ९ सय १५ जनाविरुद्ध विभिन्न मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको सरकारको दाबी छ।
प्रकाशित मिति: २० असार २०८३, शनिबार











प्रतिक्रिया