काठमाडौं । सरकारले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीको सरुवा गर्दै विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा प्रशासनिक जिम्मेवारी हेरफेर गरेको छ।

मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

सरुवा सूचीअनुसार अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालय र गजेन्द्रकुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालयमा जिम्मेवारी दिइएको छ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका रामदत्त भट्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

सरकारले प्रदेशस्तरको प्रशासनिक नेतृत्वमा पनि फेरबदल गरेको छ। परराष्ट्र मन्त्रालयका विन्देश्वरप्रसाद लेखकलाई मधेश प्रदेश, अर्थ मन्त्रालयका रमेश अर्याललाई गण्डकी प्रदेश र भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवका रूपमा सरुवा गरिएको छ।

सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी र आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन गर्ने उद्देश्यले मन्त्रालय, संवैधानिक निकाय तथा प्रदेश सरकारहरूमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

सहसचिवहरूको सरुवाको पूर्ण सूची यसप्रकार छ :

 

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com