काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सिंहदरबारको प्रणाली सरकारमै रहेका व्यक्तिहरूकै कारण कमजोर बनेको आरोप लगाएका छन्।
सोमबार पूर्वसांसद धवलशम्शेर राणासँग जनकपुरधाम पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै सिंहदरबारमा आगो लगाउनेहरू नै अहिले सत्तामा रहेको दाबी गरे। उनले त्यसकै कारण सिंहदरबारको सम्पूर्ण प्रणाली बिग्रिएको आरोप लगाए।
वर्तमान सरकारले १०० दिनको कार्यकाल पूरा गरेको उल्लेख गर्दै प्रसाईंले सरकारको कार्यसम्पादनबारे समीक्षा गरेर छिट्टै भिडियो सार्वजनिक गर्ने जानकारी दिए। उनले सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसमेत प्रभावित बनाएको आरोप लगाउँदै विदेश नीति राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
प्रसाईंको मंगलबार जनकपुरधाममा कार्यकर्तासँग भेटघाट, जानकी मन्दिरमा पूजाअर्चना, नगरमा जुलुस तथा साँझ मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको जनाइएको छ।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार













प्रतिक्रिया